मिसन समाचारदाता, कोहलपुर २० साउन /बाँकेका बैजनाथका लोकप्रिय गायक एवं सर्जक अमिर सुवेदीको तीज कोशेली ‘बोलन ए मायालु’ युटुब मार्फत सार्वजनिक भएको छ । विन्दवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा सो एल्बम बजारमा आएको हो ।
‘बोलन ए मायालु’ एल्बममा लोकप्रिय गायक÷गायिका अमिर सुवेदी, सुनिता थापा र सलिना सुनारको स्वरमा दिएका छन । अमिर सुवेदीको लय तथा शब्दमा सजिएको उक्त तीज गितको एरेन्ज राजु सुनाम र उत्पादक एवं वितरक अवसर डिजिटल प्रालिे गरेको छ ।नजिकिदै गरेको महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा बजारमा आएको उक्त गितको छायाँकन सिन्जव रेग्मी, निेर्देशन अमिर सुवेदीले गरेका छन् । तिज गीतले चर्चा बटुल्न थालेको गायक सुवेदीले बताए ।
प्रकाशित मिति : २०७५ साउन २० गते आइतबार









प्रतिक्रिया दिनुहोस्