कोहलपुर/ नेपाल अटो मेकानिक्स ट्रेड युनियन कोहलपुर नगर कमिटी अध्यक्षमा विकास बुढाथोकी चयन भएका छन ।
मंगलबार कोहलपुरमा बसेको अटो मेकानिक्सहरुको भेलाले बुढाथोकीलाई अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा ईकराम खान सचिवमा कृष्ण बस्नेत कोषाध्यक्षमा सिताराम चौधरी चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा लक्ष्मण पौडेल,विशाल भण्डारी,रिजवान सिद्दीकी,विनोद कुमार वि.क,शहिद खान,चयन भएका छन । त्यस्तै सल्लाहकारमा जगनाथ के.सी र सरोज आर्चाय चयन भएका छन ।
समिति गठन कार्यक्रममा बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरका संचालक समितिका अध्यक्ष नरेन्द्र न्यौपाने,नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रीय सचिव रत्न न्यौपाने, प्रदेश नं ५ जिफन्ट सचिवालय सदस्य पुर्ण के.सी नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रीय सदस्य मिज्जन अन्सारी बर्दियाका अध्यक्ष जाकिर हुसेन लगायतको सहभागीता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्