सल्यान/ सल्यानका एक दमपत्तिले १० वर्षदेखि वेपत्ता छोरो खोजी सवैमा आग्रह गरेका छन् । २०६४ साल मंसिर महिनादेखि आफ्नै घरदेखि घर निक्लिएको छोरा हालसम्म पनि नफर्किए पछि वृद्ध आमाबुवाले वेपत्ता छोरो खोजी दिन आग्रह गरेका हुन् ।
जिल्लाको पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा न १ साबिक ( देवस्थल वडा न ७ ) सल्लीबजारका ३४ वर्षिय धर्मे बुढा १० वर्षअघि आफ्नै घरबाट एकाक्सी निक्लिएका थिए ।
घरबाट निक्लिएको ५ दिनपछि धर्मेलाई बाँकेको नेपालगञ्जमा चिनेका केहीले देखेको र घर जाँउ भन्दा भारत जान्छु भनी साथीहरुलाई भनेको तर हालसम्म घर नआएको बुवा चन्द्र बुढाले बताए । उनले भने घरमा कुनैलाई केही खबरै नगरी राती निक्लिएर गएछ हामीलाई थाहा नै भएन ।
गाउँघरतिर गएको होला एक दुई दिना फर्किहाल्छ भनेर खासै वास्ता गरिएन पाँच दिन पछि गाउँका नेपालगन्ज घुम्न गएका मान्छेले नेपागलञ्ज देखेको र घर जाँउ भन्दा भारत जान्छु भनेको गाउँलले बताए तर भारत गयो गएन अहिलेसम्म फर्किएर आएको छैन ।
घरको जेठो छोरा नै बेपत्ता भए पछि वृद्ध बुढा निराशमा परेका छन । उनका अन्य छोराहरु छुट्टिएर बसेको र आफू सङ्ग भएको जेठो छोरा नै बेपत्ता भए पछि निराशामा परेका छन ।
हामीले छोरालाई धेरै खोज्यौ छरछिमेक इष्टमित्र सबैलाई खोज्न लगाइयो तर छोरा अहिले सम्म पनि घर फर्कि आएन उनले भने । आफ्नो छोरा खोजी दिन र फेला पार्नेलाई पुरस्कार समेत दिने वृद्ध बुढाले बताए ।
प्रतिक्रिया दिनुहोस्