कोहलपुर/ बर्दियाको गुलरिया नगरपालिकाको कार्यालयमा कार्यरत असिस्टेन्ट सब ईन्जिनियर मंगलबार दश हजार घुस रकमसहित पक्राउ परेका छन् ।
बबई बहुमुखी क्याम्पसको शौचालय निर्माण कार्यको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि सेवाग्राही सँग घुस माग गरेको गोप्य सुचना तथा उजुरीको आधारमा सब ईन्जिनियर रमेश कुमार गौतमलाई १० हजार घुस सहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।
गौतमलाई गुलरिया नगरपालिका परिसर भित्र दर्ता चलानी तथा सोधपुछ् कक्ष अगाडिबाट घुस रकम सहित रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले जनाएको छ ।
प्रकाशित मिति : २०७५ साउन १५ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्