सल्यान/ जाजरकोटबाट नेपालगन्जका लागि छुटेको लु १ ज ३९३४ बोलेरो जिप ऋषी राजमार्ग अन्र्तगत सल्यान बनगाड कुपिण्डे नगरपालिका १ समाइलामा आइतबार दुर्घटना हुदाँ ९ घाईते भएका छन् ।
कुमाख यातायात प्रालिकोे जीप सडकमै पल्टेको छ । जिपमा सवार ११ जना यात्रु मध्य ९ घाईते भएका छन् । भने २ जना सकुशल रहेका प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा जाजरकोट बारेकोट गाउँपालिका वडा ४ का वर्ष ३८ को नर बहादुर बोहरा, सोही ठाउकै वर्ष ३७ का विष्णु बस्नेत, जाजरकोट भेरी न.पा. ४ का वर्ष ४१ गोपाल नेपाली, ६ वर्षीया आशा नेपाली, ७ वर्षका आयुष बिक, ४९ वर्षीय भक्त कार्की, सल्यान बनगाड कुपिण्डे न.पा.२ का ३६ वर्षिय देब बहादुर राना, ११ वर्षिया तुल्सी राना, र बाँके कोहलपुरका २५ वर्षीय चालक खेम बले घाइते भएका छन् ।
घाइते सबैलाई नेपालगन्ज उपचारको लागि पठाएको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ । सकुशल रहेका बाके कोहलपुर न.पा.२ वीर बहादुर ओली र जाजरकोट भेरी नपा २ का भरत भने घर फर्किएको ईलाका प्रहरी कार्यालय सल्लीबजारका इन्चार्ज चन्द्र कठायतले जानकारी दिए ।