8 September 2024  |   आइतवार, भदौ २३, २०८१

बाँकेको विकासका लागि पर्यटन मुख्य आधार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन १२, २०७५  

  सूर्य ढकाल

नेपाली जनताले परिर्वतनको चाहना सहित सघर्षको झण्डा बोकेको आज ६६ बर्ष बितिसकेको छ । परिर्वतन, सुशासन, दिगो विकास र सम्वृद्धिको लागि नेपाली जनताले तिनै तहमा कम्युनिष्ट विचारलाई अत्यधिक मतका साथ सरकार संचालन गर्ने अवसर दिएका छन् । पा्रविधिक र लेखापालले सहयोग गरेन भनेर रुने आसु झार्ने र कुरा गर्ने होइन जिम्मेवारी पाएकाले काम गर्ने समय हो । परिस्थतिमा परिर्वतन आउदा पनि सोचमा परिर्वतन आउन सकेको छैन ।

हिजोका विज्ञबाट देश भन्ने भए देश पहिले नै बन्थ्यो । सबै हिसावले पछाडी परेको र पारिएको क्षेत्र नं. १ बाँके जिल्लाको सबै भन्दा बढी क्षेत्रफल, जनसख्या र प्राकृतिश्रोत साधन बढी भएको क्षेत्र हो । सोच चिन्तन सबै क्षेत्रमा सम्वृद्धि ल्याउने हो भने पहिलो सर्त पर्यटन क्षेत्रको विकासमा जोड दिन सक्नु पर्दछ । चेतनामा विकास नघुसे सम्म विकासको गतिलाई अगाडी बढाउन सकिदैन । सामुहिक एवम् सामाजिक भावना विकास गर्न सवैको सहअस्तित्व एवम् सहकार्यको शिक्षा दिन पनि पर्यटन क्षेत्रको विकास अनिर्वाय छ । पर्यटन उद्योग विश्वको सबैभन्दा ठूलो उद्योगको रुपमा स्थापित हुने अवस्थामा छ । हाम्रो देशमा पर्यटनको जुन हिसावले विकास गर्न सक्नु पर्ने थियो त्यो हिसावले हुन सकेको छैन । हाम्रा तमाम समस्याहरु मध्य बेरोजगारी समस्या नेपालको प्रमुख समस्या हो । आज नवजवान युवाहरु कामको खोजीमा प्रत्येक दिन १५ सय भन्दा बढी विदेशिन वाध्य छन् ।

रोजगारीका अवसर मध्य पर्यटन विकास पनि एक महत्वपूर्ण क्षेत्र हो । पर्यटनका मूख्य क्षेत्रहरु ताल, नदि, हिँउ वरफ, पहाड, गुफा, गल्छी, लोकसाहित्य, हस्तकला भेषभुषा, चाडपर्व, वन, जङ्गगल, चिडिया खाना, सफारीपार्क संग्रालय, स्मारक, धार्मिक स्थल, खेलकुदका विभिन्न विधाहरु जस्ता विषयहरु हुन । पर्यटन विकासको लागि हिमक्षेत्र, गल्छी र हिउ बाहेक सवै हाम्रो क्षेत्रमा सम्भावना छ । यसको क्षेत्र असिमित छ । । भौगोलिकक्षेत्र ,प्राकृतिकक्षेत्र आर्थिक क्षेत्र ,सामाजिक क्षेत्र सास्कृतिक क्षेत्र औद्योगिक क्षेत्र, आजको अवस्थाबाट हेर्दा यसले मानव र उसँग सम्वन्धित जीवन र जगतकै सम्पूर्ण विषय वस्तुहरु आफनो क्षेत्र भित्र पारिसकेको छ ।

मानव संसारको सर्वश्रेष्ठ प्राणी हो । उसको वौद्धिक क्षमता अन्य प्राणीहरुको भन्दा धेरै माथि छ । मानवले आज वैज्ञानिक र प्राविधिक क्षेत्रमा ठूलो प्रगति गरेको छ । आजको मानव जीवन अत्यन्तै व्यस्त भएको कारण उसले पाएको छोटो फुर्सदको समयलाई कुनै रचनात्मक क्रियाकलापमा सदुपयोग गर्न चहान्छ । त्यसको पहिलो रोजाई भनेको पर्यटन क्षेत्र हुनसक्छ । पर्यटनको विकास मानवको आर्थिक सामाजिक, राजनैतिक, शैक्षिक, साकृतिक लगायत चौतर्फि उन्नतिको लागि भएको पाइन्छ । पर्यटनले कुनै पनि मुलुकको जनताको जिवनस्तर सुधार ल्याउन मदत गर्दछ । मानिसको आर्थिक संवृद्धिको लागि पर्यटनले सकरात्मक परिणाम दिन सक्छ । प्रत्येक वडामा एक होमस्टे निमार्ण गर्ने अभियान संचालन गर्ने र होमस्टे निमाण गर्ने क्षेत्रमा यातायात विद्युत संचार र खानेपानीको पूर्वआधारमा स्थानीय तहबाट अनिर्वाय बजेटको व्यवस्था गर्ने नियम मिलाउने हो भने ग्रामिण क्षेत्रमा होमस्टेको निमार्णमा प्रतिस्प्रर्धा हुने छ । क्रमस एक वडा एक होमस्टे निमार्ण गर्ने हो भने जुन सुकै वडामा जाँँदा पनि खान बस्नको समस्या नहुने अवस्था बनाउन सके आन्तरिक पर्यटनको वृद्धि आउुने छ । आन्तरिक पर्यटनको बृद्धि हुँदा ग्रामिण तहमा उत्पादनमा वृद्धि आउने छ । उत्पादनमा वृद्धि आउदा स्वरोजगारीमा समेत वृद्धि हुने छ । ग्रामिण तहका बाझा जमिनहरु उत्पादनमा रुपान्तरण हुने छन् ।

पर्यटनको विकासले सामाजिक सम्वन्धको विकास गरी आत्मर्निभरता बढाउछ । विज्ञान, प्रविधि र सूचनाका कारण विश्व कँहा पुग्यो हामी अझै पनि कर्णाली वारि र पारि, पुूर्व र पश्चिम, डाडावारी र पारिका कुरामा रुपमालिएका छौ । यो चेतनाा स्तरबाट मानव जिवनलाई अगाडी बढाउन पनि पर्यटनको विकास अनिर्वाय छ ।पर्यटनबाट सामाजिक सम्वन्धको गाँठो कसिलो हुनगई विश्वमा मानव शान्ति र समदारीको भावना जागृत गर्न सकिन्छ । विश्वमा प्राय सवै मुलुकहरु पर्यटनको विकास गरेर आफना जनताको जीवन स्तरमा सुधार ल्याउन प्रयत्न गरिरहेका छन् । उनीहरु यस क्षेत्रमा पा्रथमिकता आधारमा लगानी गररिहेका छन् । यसबाट विदेशी मुद्रा प्राप्त हुने त छदैछ । साथै घरेलु तथा ठूला उद्योगहरु संरक्षण हुन सक्छ । त्यसमा पनि देशभित्र विध्यमान बेरोजगारीमा कमि ल्याउन सकिन्छ । पर्यटनको विकासमा लगानी गर्नु भनेको पानी विद्युत, यातायात र संचाार जस्ता सेवाहरुको विस्तार गर्नु पनि हो । एक वडा एक खेल मैदान, एक गाउँपालिका वा नगरपालिक एक आधुनिक पार्क, एक क्षेत्र एक चिडिया खान, एक गाउँपालिका एक पिक्नीक स्पोट निमार्ण गरेर आन्तरिक तथा वाह्य पर्यटकलाई भि¥याएर आम्दानी वृद्धि गर्न सकिन्छ र जुन ठाउँमा वा स्थानमा पर्यटनको विकास हुन्छ त्यस ठाउँमा शान्ति, समवृद्धि सद्भाव र एकता छ भन्ने सन्देश प्रवाह हुन पुग्छ ,नेपाल प्राकृतिक सुन्दरता भौगोलिक विविधता र सास्कृतिक एव कलात्मक विष्टिताका कारण पर्यटनको विस्तारका असिमिति संभावनाहरु रहेका छन् । कृषि र वन सेवा उद्योगलाई पर्यटन विकासको अभिन्न अंगको रुपमा विकास गरी रोजगारी श्रृजना गर्न तथा जनताको आय आर्जनमा अभिवृद्धि गर्न योजना बनाउन सक्नु पदर्छ । आज विश्वमा पर्यटनमा दिन दु–गुना रात चौगुनाको रुपमा गतिविधिहरु व्ृद्धि भईरहेका छन् । पर्यटन उद्योगलाई राष्टिय अर्थतन्त्रको मूल आधार स्ववीकार गरेर कैयाँै मुलुकहरुले पर्यटन सम्वन्धी राष्ट्रिय नीतिको .तर्जुमा समेत गरेका र पर्यटन विकासमा लागि आवश्यक पुर्वआधार खडा गर्न अहोरात लागिरहेका छन् । पर्यटन विकास देशको सामाजिक आर्थिक प्रगतिको लागि अपरिहार्य छ । आफु बसोवास गरेको ठाउँ र जनताको जिवनस्तर माथि उठाउने हो भने पर्यटन क्षेत्रको विकासलाई पहिलो पाथमिकतामा राख्न जरुरिछ । बाँकेको क्षेत्र नं. १ लाई पर्यटनको हिसावले विकास गर्न सम्भावना धेरै रहेको छ । कोहलपुर– ढकेरी–कुसुम बाँके राष्ट्रिय निकुन्ज, कचनापर,ु बैजापुर, विनौना, फत्तेपुर, नरैनापुर, अगैया मठ मन्दीर राप्तीनदि, खहरे खोला र वनको हिसावले पर्यटनको विकास सजिलै गर्न सकिने अवस्था छ ।

नेपाल दुई विशाल मुलुकहरु चीन र भारतको बीचमा पर्ने दक्षिण एशियाको सुन्दर शान्ता मुलुक हो । नेपालको क्षेत्रफल १लाख४७ हजार १८१ वर्ग किलोमिटर रहेको छ । नेपाल प्राचिन काल देखिनै धार्मिक सास्कृति अन्य दृष्टिकोणले सबैको आक्रर्षणको थलोको रुपमा रहेको छ । विश्वका विभिन्न मुलुकहरुले पर्यटनको विकासको निश्चित नीति र योजना तजूमा गरेको देखिन्छ । पर्यटनको विकास गरी गरिब अभाव र वेरोजगारी समस्यालाई समाधन गर्न सकिने अवस्था रहदा रहदै पनि ठोस नीति र योजनाको अभावमा हामी यस क्षेत्रको विकास गर्न सकेका छैनौ । नेपाल समाज परम्परागत रुपले धार्मिक मनोवृतिको भएको कारण हाम्रा दैनिक सास्कृति, विविध चाडपर्व पारिवारिक उत्सव र धार्मिक सभा समारोह आदि सवैमा धर्मको स्पष्ट भावना अभिव्यक्त भएको पाइन्छ । नेपालको पत्येक पाहिलामा एउटा पर्यटकले मन्दिर, गुम्वा, धर्मिक, सभा ,जुलुस र धार्मिक भाव अभिव्यक्त गर्न संगीतका स्वर लहरिहरु देख्न सुन्न पाउछ । नेपाल विश्वको एक मात्र हिन्दु राष्ट्र हो ता पनि यहाँ हिन्दु र बौद्ध एक सिक्काका दुई पाटाको रुपमा रहेका छन् । भने अन्य धर्म पालन गर्नेबीच पनि सहिष्णृता र आत्मियताको भाव अन्तरनितिहि रहेको देखिन्छ । जेरुसेलम पुग्ने क्रिश्चियनहरु, मक्कामदिना पुग्ने मुस्लिमहरु, लुम्विनी पुग्नेहरु बुदिष्टहरु र पशुुपति पुग्ने हिन्दुहरु सबैलाई विभिन्न हिसावले ल्याउन सकिन्छ । आज दुनियाभर शिक्षित मध्यम वर्गीय व्यक्तिहरुको संख्यामा बृद्धि भईरहेको छ । यो वर्ग अध्यनन र अवलोकन गर्न कामृमा सदा लागिरहन चहान्छ । आन्तरिक पर्यटनबाट मुलुकका निवासिहरु बीचमा राम्रो समझदारी स्थापना हुन सक्छ । विभिन्न धर्म, सस्कृति, भाषा, भेषभुष अवलम्वन गर्न विभिन्न क्षेत्रका मानिसबीच हुने प्रत्यक्ष भेटघाट र सम्र्पकले सामाजिक सांस्कृतिक सामञ्जस्यता कायम हुन्छ ।

नेपाल आन्तरिक पर्यटनको महत्वपूर्ण हिस्साको रुपमा रहेको छ । ग्रामीण पर्यटन नेपाल गाउँ नै गाउैले भरिएको मुलुक हो । यहाँका सवै गाउँहरु आफैमा स्वर्ग छन् । हरेक गाउँमा मठ, मन्दिर, गुम्वा छन् । आज आन्तरिक पर्यटनले विश्वव्यापी रुपमा लोकपृयता कमाईसकेको छ । देश बाहिर जान नसक्नेहरुको लागि आन्तरिक पर्यटन महत्वपूर्ण रोजाई हुन सक्छ । नेपालमा आन्तरिक पर्यटनको थप विकासको संभावना प्रवल देखिन्छ । किन भने आन्तरिक पर्यटनका लागि ठूलो स्रोत र साधनको जरुरत पर्दैन ठूला अन्तराष्ट्रिय स्तरका होटेल जरुरत पर्दैन । सामन्यता संचार, विजुली र पानीको व्यवस्था भए पनि पुग्छ । नेपालमा रहेका प्राकृतिक, सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रहरुमा नै यहाँ आन्तरिक पर्यटनका विकासका कारक तत्व हुन । आर्थिक हिसावले देशलाई आत्मनिर्भर नबनाए सम्म स्वाधिन नेपाल निमार्ण गर्न सकिदैन । नेपाललाई स्वतन्त्र राष्ट्रको हैसियतले आफनो संविधान बनाउने त्यस सविधानमा कस्तो राजनीतिक व्यवस्था स्थापित गर्ने र राज्यको ढाँचा कस्ता बनाउने जस्ता कुराहरु आफुखुसी निर्णय गर्ने अधिकार नेपालसँग छ ।

संविधान बनाउने सन्दर्भमा नेपालीे जनताका प्रतिनिधिले जनताको संविधान बनाउन आफनो अधिकार प्रयोग गरेका, छोटो समयमै तिनैतहको निर्वाचन सम्पन्न गरेको र संविधानको विपक्षमा उभिएकाहरु संविधानको मूलधारमा उभिएको पनि धेरैलाई मन परेको छैन । नेपालको राजनीतिक सग्लियो भने अरुले तिस वर्षमा गरेको प्रगति नेपालले पाँचै वर्षमा गर्न सक्छ भन्ने विश्वास विदेशिहरुलाई छ । त्यो साँचो पनि हो । नेपालको छिमेकी देश चीनले गरेको आर्थिक विकास र अन्तराष्ट्रिय प्रभावप्रति युरोप सर्तक छ । चीनलाई अनुगमन गर्न युरोपलाई कमजोर नेपाल चाहिन्छ । कमजोर नेपाल यसको राष्ट्रिय एकता भत्काएर निमार्ण गर्न सकिन्छ लागि परेका छन् । पर्यटनको विकास गर्न धेरै धन, विज्ञ, प्राविधिक सुरुमा आवश्यक पदैन मात्र इच्छा शक्ति भए पुग्छ ।
dhakal_surya2011@gmail.com

प्रकाशित मितिः शनिबार, साउन १२, २०७५     7:03:32 PM  |