बाँके डान्स आईडलको उपाधी दिल बहादुरले उचाले



कोहलपुर/  निहारिका फिलिम्स प्रालीद्धारा आयोजित बाँके डान्स आईडलको उपाधी खजुराका दिलबहादुर सुनारले उचालेका छन् । बाँके डान्स आईडलको विजेता भएसंगै उनले ट्रफीसँगै नगद रु १ लाख प्राप्त गरेका छन् ।

त्यस्तै आईडलमा खजुराकै समिक्षा थापा द्धितिय भएकी छिन् । थापाले ट्रफीसँगै नगद रु ५० हजार प्राप्त गरेकी छिन् । आइडलको तृतिय स्थानको उपाधी भने पिपरीकी सुलिष्मा वली र कोहलपुरकी संचित रानाले उचाल्न सफल भएका छन् । उनीहरु ट्रफि सहित जनही २५ हजार प्राप्त गरेको आयोजकले जनाएको छ ।

आईडलको उत्कृष्ट नृत्यको उपाधी भने बैजनाथ गाउँपालिका जी गाँउकी इसिका रोकायले प्राप्त गरेकी छिन् । गत शनिबार नेपालगजमा सम्पन्न भएको आइडलको लोक नृत्य अन्वेषणकर्ता अनु रजक, नृत्य प्रशिक्षक सुन्दर गरुङ र सावित्री बुढाथोकीले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

प्रतियोगितामा फाइनलमा पुगेका १६ जनै प्रतिस्पर्धीहरुलाई ६ महिनाको छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन ७ गते सोमबार