राँझामा ५० शैयाको सैनिक अस्पताल उद्घाटन



नेपालगञ्ज/  नेपालगन्ज स्थित राँझामा नवनिर्मित सैनिक अस्पतालको सोमबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । अस्पतालको प्रधानसेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गरेका हुन् ।

बहालवाला तथा भु.पू.सैनिक र तिनका आश्रित परिवारहरुको स्वास्थ्य उपचारको लागि ५० शैयाको सैनिक अस्पतालको निर्माण गरिएको हो ।

१४ रोपनी ८ आना क्षेत्रफलमा फैलिएको उक्त अस्पतालमा हाल जनरल मेडिकल, डेन्टल, प्याथोलोजी र रेडियोलोजी सेवाहरु संचालन गरिएका छन् भने एनेस्थेसिया, सर्जन, अर्थाे र गाईनो सेवा विस्तार गर्दै लगिने योजना रहेको छ ।

महारथी क्षत्रीले सोमबार नै बाँकेमा रहेको श्रीमेहर गण, तथा डोटीमा रहेको श्री सुदुर पश्चिम पृतना हेड क्वार्टरको निरीक्षण भ्रमण समेत गरे ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले त्यहाँको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिदैँ सकलदर्जाहरुलाई सम्बोधन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन ७ गते सोमबार