राष्ट्रिय संगीतकर्मी संघ बाँकेको अध्यक्षमा तामाङ



कविन्द्र परियार साउन ५ कोहलपुर ,/ राष्ट्रिय संगीतकर्मी संग बाँकेको तर्दथ समितिको अध्यक्षमा बलु तामाङ निर्विरोध निवार्चित भएका छन । शुक्रबार कोहलपुर बसेको संगितकर्मीहरुको भेलाबाट तामाङ अध्यक्षमा चयन भएका हुन । त्यस्तै उपाध्यक्षमा मिना पुन , सचिवमा ओम शर्मा, कोषाध्यक्षमा गिता नेपाली,सहसचिवमा प्रमोद डि.जी निर्वाचित भएका छन । त्यस्तै सदस्यहरुमा भुवन भट्टराई , खुमा डि.सी, विमला बि.क , सरला शाही , कल्पना कार्की र अमन वली निर्वाचित भएका छन ।

त्यस्तै तर्दथ समितको सल्लाहकारहरुमा सुनिल सागर, अन्जन कुमार रेग्मी, ठग्गा थारु ,देवकी निरौला र सोहनलाल थारु र प्रेस सल्लाहकारमा कविन्द्र परियार चयन भएका छन । तदर्थ समिति गठन कार्यक्रममा बोल्दै राष्ट्रिय कलाकार संघका केन्दीय सदस्य तथा तथा संञ्चारकर्मी प्रमोद डि.जीले स्थानीय स्तरमा आयोजना गरिने कार्यक्रमहरुमा स्थानीय कलाकारहरुको क्षमता भएता पनि आयोजकले उपेक्षा गर्ने गरेको गुनासो गरे । त्यस्तै कलाकार शंकर शाहीले स्थानीय सरकारले स्थानीय कला र कलाकारको सम्मान तथा संरक्षण गनुपर्नेमा जोड दिए । त्यस्तै कलाकार तथा साहित्यकार देवकी निरौलाले स्थानीय कलाकारहरुलाई सम्मान गर्न सके मात्र स्थानीय कला संस्कृतिको सम्मान हुने बताइन ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन ५ गते शनिबार