कोहलपुर/ कोहलपुर नगरपालिका–११ एनटिभि रोड स्थित स्पेल्यास जोनकाको परिसरमा रहेको स्विमिङ पुलमा डुबेर एक बालिकाको ज्यान गएको छ । सोमबार पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर कोहलपुर ११ की अपेक्षाशर्माको ज्यान गएको हो ।
साथीहरुसँगै पौडी खेल्न स्विमिङ पुल पुगेकी १० वर्षिया शर्मा पौडी खेल्ने क्रममा डुबेकी र होटल संचालकले तत्काल उद्धार गरी कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पु¥याएपनि उपचारको क्रममा बालिकाको ज्यान गएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । स्विमिङ पुलमा अपनाउनुपर्ने सावधानी नअपनाएको, लाईफ ज्याकेट समेत उपलब्ध नगराएको पाईएकाले स्विमिङ पुल संचालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
यस्तै सोमबर नै कोहलपुर–१० कालिकानगरमा झुण्डिएको अवस्थामा एक बालिकाको शव फेला परेको छ । सोमबार दिउँसो आफ्नै घरभित्र रहेको पंखामा झुण्डिएको अवस्थामा जिया केसी (नाम परिवर्तन) को शव फेला परेको हो ।
केसीले आत्महत्या गरेको हो वा अन्य केही कारणले मृत्यु भएको भन्नेबारे अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्