यानबी साहु
प्रकाशित मितिः मङ्लबार, असार २६, २०७५
कोहलपुर/ कोहलपुर नगरपालिकाले नगरपालिकाभित्र रहेका १२ गन्दर्व घरपरिवारलाई जस्तापाता वितरण गरेको छ ।
नगरपालिले मंलबार एक कार्यक्रमकाबीच वडा नं. ११ र १३ का १२ गन्दर्व घर परिवारलाई जस्तापाता वितरण गरिएको हो ।
वडा नं. ११ का १० र १३ का दुई गरी १२ गन्दर्व परिवारलाई जस्तापाता वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
उनीहरुलाई करिव रु ४ लाख ९८ हजार बराबरको जस्तापाता हस्तान्तरण गरिएको कोहलपुर नगरपालिका सव–इन्जिनियर जनक न्यौपानेले जानकारी दिए ।
यस्तै मंगलबार नै नगरपालिकाले वडा नं. १२ चप्परगौडीकी ६१ वर्षीय धन कुमारी थापालाई ह्वीलचियर सहयोग गरेको छ । थापालाई कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले ह्वीलचियर हस्तान्तरण गरेका थिए ।