१२ गन्दर्व घरपरिवारलाई जस्तापाता वितरण



कोहलपुर/  कोहलपुर नगरपालिकाले नगरपालिकाभित्र रहेका १२ गन्दर्व घरपरिवारलाई जस्तापाता वितरण गरेको छ ।

नगरपालिले मंलबार एक कार्यक्रमकाबीच वडा नं. ११ र १३ का १२ गन्दर्व घर परिवारलाई जस्तापाता वितरण गरिएको हो ।

वडा नं. ११ का १० र १३ का दुई गरी १२ गन्दर्व परिवारलाई जस्तापाता वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

उनीहरुलाई करिव रु ४ लाख ९८ हजार बराबरको जस्तापाता हस्तान्तरण गरिएको कोहलपुर नगरपालिका सव–इन्जिनियर जनक न्यौपानेले जानकारी दिए ।

यस्तै मंगलबार नै नगरपालिकाले वडा नं. १२ चप्परगौडीकी ६१ वर्षीय धन कुमारी थापालाई ह्वीलचियर सहयोग गरेको छ । थापालाई कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले ह्वीलचियर हस्तान्तरण गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २६ गते मंगलबार