10 September 2024  |   मङ्लबार, भदौ २५, २०८१

कोहलपुर पूर्ण खोपयुक्त नगरपालिका घोषणा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार २६, २०७५  

कोहलपुर/  बाँकेको कोहलपुर नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । मंगलबार नगर स्वास्थ्य शाखा परिसरमा एक कार्यक्रमको आयोजना गरी कोहलपुर नगरपालिकाकालाई पूर्णखोपयूक्त नगरपालिका घोषणा गरिएको हो ।

नगरभित्रका १५ वटै वडामा रहेका १५ देखि २३ महिना उमेर समुहका सबै बालवालिकाहरु पूर्ण रुपमा खोपको पहुँचमा पुगेकाले नगरपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा बोल्दै कायक्रमका प्रमुख अतिथिसमेत रहेका बाँके निर्वाचन क्षेत्र नं. १ का सांसद महेश्वर गहतराज अथकले कोहलपुर नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्दै आगामी वर्षहरुमा समेत यसलाई निरन्तरता पाउनुपर्ने बताए ।

सांसद अथकले नगरपालिका पूर्ण खोपयुक्त घोषणा हुँदैमा ढुक्क भएर बस्न नसकिने भन्दै आगामी वर्षहरुमा पनि खोप कार्यक्रमलाई सबैको पहुँचमा पुग्ने गरी संचालन गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवले नगरपालिकालाई खोपयुक्त बनाउन सहयोग गरेको नगरवासीलाई धन्यवाद दिँदै पूर्ण सरसफाईको योजनामा लाग्न अपील गरे ।

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतको सभापतित्वमा भएको घोषणा कार्यक्रममा नगरभित्र कार्यरत ७१ जना स्वयंसेविकाहरुलाई सम्मान समेत गरिएको गरिएको थियो ।

सोही अवसरमा घोषणा कार्यक्रमको पूर्वसन्ध्यामा ¥याली समेत निकालिएको थियो । ¥याली नगर स्वास्थ्यको प्राङ्गनबाट सुरु भई कोहलपुर बजार परिक्रमा गरी पुनः नगर स्वास्थ्यको प्राङ्गनमा गई कोण्सभामा परिणत भएको थियो ।

प्रकाशित मितिः मङ्लबार, असार २६, २०७५     9:38:43 PM  |