6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

५० प्रतिशतमा मोटोपनाको जोखिम

रावन विश्वकर्मा
प्रकाशित मितिः मङ्लबार, असार २६, २०७५  

बाँसगढी/ बर्दियाको बाँसगढीमा ५३ जनाको मोटोपना मापन गर्दा ५० प्रतिशतमा मोटोपन जोखिम देखिएको छ ।

बाँसगढी नगरपालिकाको सहयोगमा मोतिपुर स्वास्थ्य चौकीको आयोजनामा मधुमेह, मुटु रोग तथा अन्य नसर्ने रोगहरु सम्बन्धी परिचयात्मक एवं मोटोपना मापन सम्बन्धी कार्यक्रममा मोटोपन मापन गर्दा २५ देखि २९ मोटोपन मानिएकोमा ५०.९ प्रतिशतमा मोटोपन जोखिम देखिएको हो ।

मोटोपना मापन गर्दा उमेर अनुसार तौल कम भएका ५.६ प्रतिशत, समान्य १८ देखि २५ मानिएकोमा ३२ प्रतिशत र धेरै मोटोपन उच्च जोखिम ३० भन्दा माथि मानिनेमा ११.३२ प्रतिशत रहेको पाईएको छ ।

नेपालमा सर्ने रोग भन्दा नसर्ने रोगको कारण मृत्यु हुने दर उच्च देखिएको, युवा अवस्था देखि नै मोटोपना बढ्ने अनि मधुमेह मुटु रोगे तथा अन्य रोगहरुका कारण अकालमा ज्यान गुमाउनु पर्ने अवस्था बढी देखिएको छ ।

मोटोपनाका कारण लाग्ने रोगहरुका बारेमा जानकारी गराउन यसलाई रोगथाम र जनचेतना जगाउन र न्युनिकरण गर्नको लागि कार्यक्रमको आयोजना गरिएको जनाईएको छ ।

मोतीपुर स्वास्थ्य चौकीकी अनमी जानकी गिरिले मधुमेह, मुटुरोग तथा अन्य नसर्ने रोग बाट बच्ने उपाय, लागि हाल्यो भने पनि न्युनिकरण गर्ने तरिका, मोटोपन रोकथाम तथा स्वस्थ व्यवहार लगातका वारेमा सहजिकरण गरेकी थिईन ।

सहजिकरण गर्दै गिरीले नियमित खानपानमा ध्यान दिने, शारिरीक व्यायाम गर्ने, धुम्रापान मध्यापान नगरे यस्ता खालका रोगहरुबाट केही हद सम्म बच्न सकिने कुरामा जोड दिईन ।

बाँसगढी नगरपालिकाका उपप्रमुख सुष्मा चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य चौकीका कर्मचारीहरु, विभिन्न वडाका वडा अध्यक्षहरु, वडा सदस्यहरु, बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिहं थारु, वरिष्ठ उपाध्यक्ष बद्री बराल, लेखा संयोजक शिव देबकोटा, नागरिक समाज बाँसगढीका संयोजक प्रेम प्रसाद शर्मा, शिक्षक, बुद्धिजिवी, महिला, युवा, उद्योगी व्यापारी लगाएतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः मङ्लबार, असार २६, २०७५     9:30:41 PM  |