प्रभावकारी सञ्चार विषयक कार्यशाला सम्पन्न



सल्यान/  सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा दुई दिने स्थानीय तहमा प्रभावकारी सञ्चार विषयक कार्यशाला सम्पन्न भएको छ ।

नगर प्रमुख गोविन्द कुमार पुन, उप प्रमुख मन्जु एरी, १२ वटै वडाका वडा अध्यक्ष, नगरकार्यपालिका सदस्य, नगरपालिका विषयगत समितिका कर्मचारी लगायको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकृति मल्टी प्रपोज मिडिया प्रालिद्वारा बुधबार देखि सुरु गरेको कार्यक्रम सहजकर्ता युगबोध राष्ट्रिय दैनिकका सम्पादक नरेन्द्र केसी र नेपाल पत्रकार महासघ सल्यान अध्यक्ष प्रतीक इच्छुक शर्माले सहजीकरण गरेका थिए ।

उक्त कार्यक्रममा सम्पूर्ण जनप्रतिनिधिहरुले मिडिया प्रयोग गर्ने र जनतालाई सुसूचित गर्ने भन्दै ६ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर सहित एकवद्धता गरेका थिए ।

समापन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख गोविन्द कुमार पुनले समाजलाई कसरी व्यवस्थित गर्ने भने सन्चार माध्यमको ठूलो भूमिका हुने भएकोले यसमा पत्रकारहरुले विषेश ध्यान दिनु पर्ने बताए ।

यो देशलाई कसरी समृद्धि बनाउने लोकतन्त्रलाई संस्थागत देखि संघियतालाइ कसरी सफल बनाउने भने मिडियाको महत्वपूर्ण भुमिका रहेको नगर प्रमुख पुनले बताए ।

एक अर्को प्रशङ्गमा नगर प्रमुखले केहि पार्टी र मिडियाहरुले आफूले भ्रष्टाचार गरेको आरोप लगाएको र आफूले कुनै पनि योजनामा भ्रष्टाचार नगरेको र यदि कसैले गरेको प्रमाणित गरे एकछिन पनि पदमा नबस्ने ठोकुवा गरे ।

बनगाड कुपिण्डे नगरपालिका सहयोग र प्रकृति मल्टी प्रपोज मिडिया प्रा लि को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २२ गते शुक्रबार