माक्र्स द्वीशतवार्षिकीको अवसरमा प्रदेश स्तरीय गोष्ठी नेपालगन्जमा हुँदै



नेपालगन्ज/    कार्ल माक्र्सको द्वीशतवार्षिकीको अवसरमा भोलि र पर्सी अर्थात यही २२ र २३ गते नेपालगन्जमा प्रदेश स्तरीय गोष्ठी तथा प्रशिक्षण हुने भएको छ ।

आजको माक्र्सवाद, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र समाजवाद विषयक पाँच नम्बर प्रदेश स्तरीय गोष्ठी तथा प्रशिक्षण कार्यक्रममा नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपाका नेता घनश्याम भुसाल, नेपाली कांग्रेसका नेता प्रदिप गिरी, बामपन्थी नेता गणेश शाह, नेकपाका नेता राम कार्कीलगायतले विचार तथा प्रशिक्षण दिनेछन् ।

कार्यक्रमको सम्पूर्ण तयारी भईसकेको द्वीशतवार्षिकी प्रदेश नम्बर पाँचका संयोजक एवम् नेकपाका नेता ठाकुर गैरेले जानकारी दिए । प्रशिक्षण कार्यक्रममा प्रदेश पाँचका नेकपाका नेता कार्यकर्ताका साथै बाम पन्थी विचारधारा बोक्ने १२ सय भन्दा बढीको सहभागिता हुने संयोजक गैरेले जानकारी दिए ।

कार्यक्रमको बारेमा आज ३ बजे नेकपाको जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराउने कार्यक्रम रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २१ गते बिहीबार