29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

सकियो हाउस वायरिङ्ग तथा सिलाइकटाई तालिमको

यानबी साहु
प्रकाशित मितिः बुधबार, असार २०, २०७५  

कोहलपुर/  कोहलपुरमा निःशुल्क रुपमा सञ्चालित ४५ दिने हाउस वायरिङ्ग तथा १ महिने सिलाई कटाई तालिमको मंगबार संयूक्त रुपमा समापन गरिएको छ । गोरखनाथ ट्रेनिङ्ग सेन्टरको आयोजना तथा कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित सो तालिमको मंगलबार एक कार्यक्रमकाविच समापन गरिएको हो ।

 

समापन शत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले नगरपालिका भित्र रहेका महिलाहरुलाई सिपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाई उनीहरुको आयआर्जन वृद्धि गराउने उद्देश्यले नगरपालिकाबाट सहयोग गरिएको बताए ।

उनीहरुलाई आत्मनिर्भर बनाएर नै देशको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने भएकाले आउँदा दिनहरुमा पनि सहयोग गर्ने बताए । कार्यक्र

ममा बोल्दै वडा नं ११ का वडाअध्यक्ष कर्ण बहादुर थापाले तालिममा सिकेको सीप व्यवहारमा लागु गर्न तालिमका सहभागीहरुलाई सुझाव दिए ।

सिकेको सीप प्रयोगमा नल्याए छिट्टै बिसर्ने भएकाले व्यवहारमा लागू गरी आफ्नो आयआर्जन तथा घरव्यवहार चलाउनमा सहजता ल्याउन आग्रह गरे ।
यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर कमिटी अध्यक्ष हेम विmक्रम जिसीले सिकेको सीप व्यवहारमा लागू गरी आत्मनिर्भर बन्न तालिमका सहभागीहरुलाई स सुझाव दिए ।

तालिममा सहभागी मध्येतर्फ हाउस वायरिङ्गबाट विपिन पौडेल तथा सिलाईकटाइबाट कौशिला शाहीले आफ्नो भनाइ राखेका थिए । तालिममा सिलाई कटाइतर्फ प्रमुख प्रशिक्षक सुस्मिता खड्का र सहायक प्रशिक्षक लक्ष्मी सुनारले प्रशिक्षण दिनएकी थिइन् भने हाउस वायरिङ्गतर्फ प्रशिक्षक मोहित सिंह ठकुरीले प्रशिक्षण दिएका थिए ।

तालिमका सबै सहभागी तथा प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख लगायत अन्य अतिथिहरुले प्रमाणपत्र वितरण गरेका थिए । साथै तालिममा सहभागी उत्कृष्ठ ३ जनालाई समेत सम्मान गरिएको थियो ।

हाउस वायरिङ्ग तर्फ विपिन पौडेल र सनि थारुलाई सम्मान स्वरुप हाउस वायरिङ्ग सम्वन्धी सामान प्रदान गरिएको थियो भने सिलाई कटाइतर्फ सिता थारुलाई सम्मान स्वरुप एउटा आइरन प्रदान गरिएको थियो ।

तालिमको समापन कार्यक्रममा कोहलपुर नगरकार्यत्रपालिका सदस्य नारायणी वली, पतञ्जली योग समिति प्रदेश नं. ५ की सदस्य सिता पौडेल, तालिमका सहभागीहरु ल्गायतको सहभागिता रहेको थियो । गोरखनाथ ट्रेनिङ्ग सेन्टर प्रालीकी प्रवन्धक मधु खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रम बासुदेव सेढाईले सञ्चालन गरेका थिए ।

प्रकाशित मितिः बुधबार, असार २०, २०७५     7:35:01 AM  |