सामाचारदातामाथि दुव्र्यवहार



कोहलपुर/  कोहलपुरबाट प्रकाशित हुने संघिय अखबार पत्रिकाका सामाचारदाता प्रदीप आचार्यले सोमबार आफूमाथि ईलाका प्रहरी कार्यालय कोहलपुरका पहरी निरीक्षक निरन्जन घिमिरेले दुव्र्यवहार गरेको बताएका छन् ।

आफू इलाका प्रहरी कार्यालयमा गएको बेला प्रहरी निरीक्षक घिमिरेले सबैका सामू अपशब्द प्रयोग गर्देै आफूमाथि दुव्र्यवहार गरेको आचार्यले आरोप लगाए ।

उता प्रहरी निरीक्षक घिमिरेले आचार्यले लगाएको आरोप झुठो भएको बताए । आफूले त्यस्तो कुनै अपशब्द प्रयोग नगरेको र आवश्यक परे सो विषयमा छलफल गर्न सकिने घिमिरेले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार १९ गते मंगलबार