डुडुवा, बाँके/ बाँके डुडुवा गाउँपालिका वडा नं. ४ मा १५ दिने सावुन तथा सरफ बनाउने तालिम सम्पन्न भएको छ । स्थानीयलाई आयआर्जन र उद्यमशिल बनाउने उद्देश्यले संचालन गरिएको तालिममा १५ जना महिला पुरुषको सहभागिता थियो ।
तालिम पश्चात स्थानीयस्तरमा स्वरोजगार, आयआर्जन उद्यमशिलको कार्यमा बृद्धि हुने विश्वास लिइएको हो । गाउँपालिकाको सहयोगमा कञ्चन प्राविधिक सिप विकास केन्द्र प्रालि बाँकेले तालिम प्रदान गरेको हो ।
तालिममा दिपेन्द्र घर्ति र चित्र थापाले सहजीकरण गरेको प्रालिका अध्यक्ष भिम पौडेलले बताए । तालिमको समापनमा बोल्दै गाउँपालिकाका उपाध्यक्ष साहिदा वानोले अहिले वेरोजगारीको अवस्थामा यस्ता उद्यमशिलत तालिमले स्वरोजगारतर्फ उन्मुख गराउनमा ठुलो सहयोग पुग्ने बताए ।
उनले स्थानीय स्तरमा अब युवा, महिला लक्षित विभिन्न स्वरोजगारका कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता गरे । वडाध्यक्ष सगिर खाले मधेशी तथा मुस्लिम समदायका महिलाहरुलाई आय आर्जनमुखी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।