बर्दिया/ बाढी प्रभाबित क्षेत्रमा पशुहरुमा लाग्ने माहामारी रोग रोग सम्बन्धी जनचेतना अभिबृद्धि सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । पशु शाखा बाँसगढीको आयोजनामा बडा नम्बर १ बबई चेपांगमा आज कार्यक्रम सञ्चालन गरिएको हो ।
अभिमुखिकरणमा गाँई भैसीहरुमा लाग्ने हैजा(भ्यागुते, खोरेत र चरचरे) बाख्रामा लाग्ने पिपिआर, ईन्टेरोटोक्सीनिया तथा बाह्य र भित्रि प्रजिबीहरुको बारेमा जानकारी, कुखुरामा लाग्ने बर्ड फ्युलु तथा बंगुरमा लाग्ने स्वाईनफिभर सम्बन्धी बिशेष जानकारी गराईएको थियो ।
पशु सेवा शाखा बाँसगढीका पशु बिकास अधिकृत डा. प्रेम कुमार मण्डल, पशु प्राबिधिक ठाकुरदयाल शाहले अभिमुखिकरण कार्यक्रमको सहजिकरण गरेका थिए ।
वडा नम्बर १ का वडा अध्यक्ष जयराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बाँसगढी नगरपालिकाका उपप्रमुख सुष्मा चौधरी लगायत चेपांगबासीहरुको सहभागिता रहेको पशु शाखा बाँसगढीका प्रमुख प्रेम कुमार मण्डलले जनाए ।









प्रतिक्रिया दिनुहोस्