बर्दिया/ प्राचिन सिजृनशिल आदाबासी समाज बर्दियाबाट सञ्चालित रेडियो गुर्बाबा एफएम ८९.७ मेगाहर्जले मंगलबार १०औँ वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको अवसरमा मंगलबार जनप्रतिनिधि, विभिन्न राजनितिक दल, समाजसेवी, बरघरहरुसँग अन्तत्र्रिmया तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा सहभागीहरुले रेडियो १०आँै वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना दिँदै स्थानीय कला संस्कृतिको संरक्षण सम्बद्र्धन गर्दै समाजमा रहेका हरेक समुदायको आवाज बन्न सक्नु पर्ने कुरामा जोड दिएका थिए ।
बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीले रेडियो गुर्बाबाले अघि सारेका लक्ष्यसँग सहकार्य गर्न र रेडियोको विकास सम्बद्र्धन र प्रबद्र्धन गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । कार्यक्रममा रेडियो गुर्बाबा एफएमका कार्यकारी निर्देशक एकराज चौधरीले १० वर्षसम्मको अनुभव सहित अहिलेसम्म गरेका कार्य र आगामी दिनका योजनाका बारेमा प्रकाश पारेका थिए ।
त्यस्तै रेडियो गुर्बाबा एफएमका सञ्चालक समिति अध्यक्ष देबमान चौधरीले रेडियोका लागि आएका सल्लाह सुझावहरु रेडियोका लागि मार्ग दर्शन भएको बताए । वार्षिक उत्सवको अवसरमा वर्षमा उत्कृष्ठ कार्य गर्ने कर्मचारी अनोज थारु र रामजी देबकोटालाई सम्मान गरिएको छ ।
त्यस्तै रेडियोले सञ्चालन गरेको आधारभुत पत्रकारिता तालिममा सहभागी १० जनालाई प्रमाण पत्र समेत वितरण गरिएको छ । सञ्चालक समितिका अध्यक्ष देबमान चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्टेशन म्यानेजर पुष्पा चौधरीले गरेकी थिइन् ।
आदिवासी थारु समुदायको रेडियोको रुपमा स्थापित हुन सफल रेडियोबाट ५२ प्रतिशत थारु र ४८ प्रतिशत नेपाली भाषाका समाचार तथा कार्यक्रम प्रसारण भइरहेका छन । कार्यक्रमको रेडियोबाट प्रत्येक्ष प्रसारण समेत गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्