बर्दिया/ बाँसगढी नगरपालिकाकाले आज (आइतबार) नगर सभाको बैठकमा बजेट प्रस्तुत गर्दै छ ।
असार ६ गतेदेखि सुरु भएको नगर भेलामा नगर उपप्रमुख सुष्मा चौधरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रहि समग्र बाँसगढीको विकास र आर्थिक समृद्धिउन्मूख बजेट प्रस्तुत हुने नगर प्रमुख सालिकराम अधिकारीले बताए ।
समृद्ध बाँसगढी नगरको निर्माणमा केन्द्रित भई विकासमूखी र परिमाणमूखी कार्यक्रम सहित नगरपालिकाले बजेट दिउँसो १२ बजे बाँसगढी सामुदायिक पुस्तकालयको भवनमा बजेट प्रस्तुत हुने छ ।
आर्थिक वर्ष २०७५÷०७६ को लागि बाँसगढी नगरपालिकाले प्रस्तुत गरेको बजेट रेडियो गुर्बाबा एफ.एम. ८९.७ मेगाहर्जबाट प्रत्येक्ष प्रसारण गरिने रेडियोका कार्यकारी निर्देशक एकराज चौधरीले बताए ।
जनप्रतिनिधि आई सकेपछि केन्द्रिय सरकारको बजेट भाषण मात्रै प्रत्यक्ष प्रसारण भईरहेका बेला स्थानीय सरकारले पनि बाँसगढीमा पहिलो पटक स्थानीय रेडियोबाट बजेट भाषणको प्रत्यक्ष प्रसारण गर्ने भएकाले बाँसगढीवासीहरुले घरमै बसेर रेडियो मार्फत प्रस्तुत बजेट सुन्न पाउने छन् ।
कृषि तथा सहकारी, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, संस्कृति तथा पर्यटन, सामाजिक सुधार, भौतिक पुर्वाधार, शहरी विकास तथा भवन निर्माण, महिला बालबालिका जेष्ठ नागरिक तथा लक्षित वर्ग समुदाय, सुशासन, विपद् व्यवस्थापन, वन तथा वातावरण संरक्षण लगायत नीति तथा कार्यक्रममा रहि बजेट प्रस्तुत गरिने छ ।









प्रतिक्रिया दिनुहोस्