मैत्रीपूर्ण फुटवलमा करेन्ट मसला विजयी



कोहलपुर/  कोहलपुरमा शनिबार कोहलपुर स्र्पोटर्स क्लव र करेन्ट मसला डिलर व्यवसायीहरुको टिम विच भएको मैत्रीपूर्ण फुटवलमा करेन्ट मसला डिलर व्यवसायीहरुको टिम विजयी भएको छ ।

कोलपुर स्र्पोटर्स क्लवको आयोजनामा तेह्र विगाह स्थित मैदानमा भएको खेलमा करेन्ट मसलाको टिमले कोहलपुर स्र्पोटर्स्लाई २÷१ गोल अन्तरले पराजित गरेको हो ।

आफ्नो टिमलाई जिताउन सुरुमा करेन्ट मसलाका भुवन विसि एक गोल गरे । फेरि करेन्ट मसलाकै अमर रावलले अर्को एक गोल थपे । सोही गोल नै जितका लागि प्रर्याप्त भयो । यस्तै कोहलपुर स्र्पोटर्स् क्लवको तर्फबाट भने कुमार तिवारीले एक गोल गरे ।

विभिन्न क्षेत्रका व्यपसायीहरु विच सहयोग, सदभाव, र एकतालाई कायम राख्न मैत्रीपूर्ण फुटवलको आयोजना गरिएको कोहलपुर स्र्पोटर्स् क्लवका अध्यक्ष कृष्ण गिरीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार १० गते आइतबार