बर्दिया/ बाँसगढी नगरपालिकाको तेस्रो नगर सभा बुधबारदेखि सुरु भएको छ । नगर सभामा आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
नीति तथा कार्यक्रम समितिका संयोजक तथा नगर उपप्रमुख सुष्मा चौधरीले १ सय ४० बँुदे नीति तथा कार्यक्रम नगर सभामा प्रस्तुत गरेकी छन् ।
बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीको अध्यक्षतामा भएको नगर सभामा समृद्ध बाँसगढी नगरको निर्माणमा केन्द्रित भई कृषि तथा सहकारी, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, संस्कृति तथा पर्यटन, सामाजिक सुधार, भौतिक पुर्वाधार, शहरी विकास तथा भवन निर्माण, महिला बालबालिका जेष्ठ नागरिक तथा लक्षित वर्ग समुदाय, सुशासन, विपद् व्यवस्थापन, वन तथा वातावरण संरक्षण, कर प्रशासन, अनुगमन तथा मूल्याङ्कन र नागरिक प्रक्रिया र न्याय निरुपन शिर्षकहरुमा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
प्रस्तुत नीति तथा कार्यक्रममा सभाका सदस्यहरुलाई असार १० गते बिहान १० बजे भित्र लिखित रुपमा सुझाव पेश गर्न अनुरोध गरिएको छ । नगर सभा फेरी १० गते ११ बजे बस्ने गरी स्थगित भएको छ ।