तक्षशिलामा ट्राफिक सचेतना शिक्षा



कोहलपुर/  बाँकेको कोहलपुर नगरपालिका–१० विद्यानगर स्थित तक्षशिला एकेडेमीमा बुधबार ट्राफिक शिक्षा सम्बन्धी सचेतना कार्र्यक्रम गरिएको छ ।

कोहलपुर नगरपालिकाका सहयोग तथा समाज सेवा संस्था नेपालको आयोजनामा सञ्चालन गरिएको सचेतना कार्यक्रममा सो विद्यालयका कक्षा ८,९ र १० का करिब २ सय जना विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी जानकारी दिइएको थियो ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाज सेवा संस्था नेपालकी कोषाध्यक्ष कल्पना चन्दले स्वागत मन्तव्य राखेकी थिइन् ।

समाज सेवा संस्थाका केन्द्रिय अध्यक्ष विनोद थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा मध्यपचिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका असई पुर्षाेत्तम पौडेलले सहजीकरण गरेका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको प्राविधिक सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा समाज सेवाका पदाधिकारीहरु, विद्यालयका शिक्षक विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन समाजसेवा संस्था नेपाल इकाई समिति कोहलपुर १० की सचिव पुजा खत्री गरेकी थिइन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार ७ गते बिहीबार