बाँकेकी महिला उद्यमी खड्का काठमाडौंमा सम्मानित



कोहलपुर/  बाँकेकी सफल महिला उद्यमी मधु खड्का उत्कृष्ट महिला उद्यमी पुरस्कारबाट सम्मानित भएकी छन् । बुधबार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय काठमाडौमा आयोजित उत्कृष्ट महिला उद्यमी पुरस्कार–२०७५ बाट उनी सम्मानित भएकी हुन् ।

उनलाई वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादव र मन्त्रालयकी सचिव याम कुमारी खतिवडा (बासकोटा) ले नगद २० हजार तथा प्रमाणपत्र सहित दोसल्लाउढाएर सम्मान गरेका थिए ।

उद्यमशिलताको पर्वद्धन आत्म निर्भर अर्थतन्त्र निमार्णका लागि महिला उद्यमी व्यवसायीका हैसियतले पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव तथा उत्कृष्ट महिला उद्यमी छौनोट समितिका संयोजक दिनेश भट्टराईले कार्यक्रमको छनौट प्रक्रिया र उद्देश्यबारे प्रकाश पारेका थिए ।

 

खासगरी महिलाहरुले उद्यमबाट अन्यलाई रोजगारी प्रदान गरेको, मेहनती, उद्यमशिलतामा सक्रिय रहेको र राज्यलाई कर तिरेको मापदण्डका आधारमा पुरस्कार प्रदान गरिएको सहसचिवको भनाई रहेको थियो ।

 

देशभरका ५९ जना उत्कृष्ट महिलाई छनौट गरिएको सो पुरस्कारका लगि बाँकेबाट खड्का छनौटमा परेकी थिइन् । सम्मानपछि मिसनकर्मीसँग कुरा गर्दै खडकाले आफू सम्मानित भएर निकै खुसी भएको बताउँदै मन्त्रालयबाट सम्मानित भएकोमा गर्वको महसुश भएको बताइन् ।

‘मैले गरेको मेहनत र राज्यलाई तिरेको करका कारण आज म सम्मानित भए, यसका लागि सबैप्रति आभारी छु’ उनले भनिन् । विगत ७ वर्षदेखि उद्यमशिलतामा सक्रिय रहेका खड्का घरेलु तथा साना उद्योग कार्यालय बाँकेकी सचिव समेत हुन् ।

कोहलपुरमा गोरखनाथ टे«निङ सेन्टर तथा सिलाई कटाई प्रशिक्षण केन्द्र सञ्चालन गरेकी खड्का समाज सेवाका क्षेत्रमा उत्तिकै सक्रिय छन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार ७ गते बिहीबार