मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार ६, २०७५
नेपालगन्ज/ बाँकेको खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ को वार्षिक नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गरेको छ ।
सुझाव संकलन कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतीले विभिन्न कारणवश गत वर्ष सुझाब संकलन गर्न नसकिएकाले केही कमजोरी भएकाले यस वर्ष हरेक तहबाट सुझाव संकलन गर्न लागिएको जानकारी दिए ।
उनले सबैको राय तथा सुझावका आधारमा गाउँपालिकाले नीति तथा कार्यक्रम निर्माण गरिने बताए ।