सल्यानमा ११ वर्षीया छोरी बलात्कारको आरोपमा बाबु पक्राउ



सल्यान/  छोरीलार्इ बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कालीमाटी गाउँपालिका –५, निवासी ३३ वर्षीय एक जना पुरुषले ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले असार ३ गते पक्राउ गरेको जानकारी दिएकाे छ ।

२०७५ जेठ २० गते राति आफ्नै घरमा बलात्कार गरेको भन्दै बालिकाको मामाले असार ३ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा मुद्दा दायर गरेका थिए । पीडित बालिकाको जिल्ला अस्पताल सल्यानमा स्वास्थ्य परीक्षण गरिएको छ ।

आरोपितलाई हिरासतमा राखी घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भरतबहादुर विकले जानकारी दिनुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार ५ गते मंगलबार