कोहलपुर/ बाँकेको कोहलपुर नगरपालिका–११ स्थित श्री ज्ञान ज्योति माध्यामिक विद्यालय बगियामा आईतबार ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कोहलपुर नरपालिकाको सहयोग तथा समाज सेवा संस्था केन्द्रिय कार्यालयको आयोजनामा संञ्चालन गरिएको सो सचेतना कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाले ट्राफिक नियम अति आवश्यक भएकाले यस सम्बन्धी जानकारी फैलाउन आवश्यक रहेको बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको प्राविधिक सहयोग समेत सो सचेतनामुलक कार्यक्रममा उक्त विद्यालयका कक्षा ८,९ र १० का १सय २९ जना विद्यार्थीहरुलाई सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराईएको थियो ।
समाज सेवा नेपालका केन्द्रिय अध्यक्ष विनोद थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख हिरेन्द्र बहादुर रोकायले सहजीकरण गरेका थिए । कार्यक्रममा समाज सेवा संस्थाका पदाधिकारीहरु विद्यार्थी शिक्षकहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्