नेपालन्ज,२ असार/ नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ मा अपांङ्गता भएका महिलाहरुका लागि सञ्चालित १५ दिने कुशन बनाउने तालिम शुक्रबार सम्पन्न भएको छ ।
वडा अध्यक्ष कैफुल बरा जोलाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिक्रिया मन्तब्य राख्दै सहभागी शारदा गुप्ताले कुशन बनाउन सिकेकोमा खुसी व्यक्त गरिन् ।
उनले आगामी दिनमा कुशन बनाउने कामलाई व्यवसायिक रुपमा अगाडि बढाउने प्रतिबद्धता गरिन् । कार्यक्रममा बोल्दै वडा अध्यक्ष जोलाहाले अपांगता भएका महिलाहरुका लागि प्रदान गरेको सिपमूलक तालिमबाट आयआर्जन गर्न सुझाव दिए ।
उनले सिकेको सिपलाई व्यवहारिक रुपमा लागु गरेमा वडाले थप कार्यक्रमहरु समेत सञ्चालन गर्ने बताए । कार्यक्रममा बोल्दै वडा सचिव राजसिह सिजापतिले शिपले आत्मनिर्भर बनाउने भन्दै सिपको सहि सदुपयोग गरी आत्मनिर्भर बन्न अनुरोध गरे ।
१५ जना सहभाी रहेको तालिममा शकुन्तला शाह र अनिता न्यौपानेले सहजीकरण ेका थिए । यस्तै शुक्रबार नै खजुरा गाँउपालिका वडा नं. ६ मा सञ्चालित १५ दिने डल बनाउने तालिमको पनि समापन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्