उपमेयर कप छात्रा क्रिकेटका छनोट चरण खेलहरु सम्पन्न, चार टोली सेमिफाईनलमा



कोहलपुर ३१ जेठ / कोहलपुरमा जारी प्रथम मावि स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिताको छनोट चरणका खेलहरु सकिएका छन् ।

जेठ २६ गतेबाट सुरु भएको प्रतियोगितामा नगरभित्रका १२ टिमले सहभागिता जनाएका थिए । ति मध्येबाट ४ वटा टिम सेमिफाईनल चरणमा प्रवेश गरेका हुन् ।

जसअन्तर्गत ग्रुप ए को समुह विजेता हुँदै जनज्योती सेमिफाईनलमा पुगेको हो भने ग्रुप सि मा रहेको त्रिभुन मावि पनि समुह विजेता बनेको हो ।

प्रतियोगिमा यसअघि नै ग्रुप विजेता हुँदै सगरमाथाले सेमिफाईनलमा आप्mनो स्थान सुरक्षित गरिसकेको थियो भने बिहिबार सम्पन्न खेलमा जित निकाल्दै साईनिङ स्टार सेमिफाईनलमा लागि छनौट भएकोे हो ।

कृष्ण माविलाई ६ रन अन्तरले पराजित गर्दै साईनिङ स्टारले सेमिफाईनल यात्रा तय गरेको हो । बिहिबार बिहान भएको खेलमा टस जितेर पहिले मैदानमा उत्रिएको साईनिङ स्टारले ५१ रन जोड्न सफल भएको थियो ।

वर्षाका कारण ७ खेल ७ ओभरमा झारिएको थियो । ५२ रनको झिनो लक्ष्य पाएको कृष्ण माविले मौकाको सदुपयोग गर्न नसक्दा सस्तैमा समेटिएको थियो ।

प्रतियोगिता अन्तर्गत भोलि शुक्रबार सेमिफाईनल चरणका खेलहरु सुरु हुँदैछन् । आज हुने पहिलो खेलमा जनज्योती र सगरमाथा बिच हुने छ भने सगरमाथा र त्रिभुवनले फाईनल चरण प्रवेशका लागि प्रतिस्प्रर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाईनल खेल असार ३ गते हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ३१ गते बिहीबार