कोहलपुर,३१ जेठ/ आन्तरिक राजस्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धी एकदिने कार्यशाला गोष्ठी कोहलपुरमा सम्पन्न भएको छ ।
कोहलपुर नगरपालिकाको आयोजना तथा उत्पीडित सामुदायिक विकास केन्द्र (ओसिडिसि)को सहजीकरणमा नगरपालिकाको आन्तरिक राजस्व सुधार तर्जुमाका बारेमा सरोकारवाला निकायहरुसँग छलफल गरिएको हो ।
कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा करदाताको पहिचान, दायरा दर निर्धारण, प्रशासनिक व्यवस्था राजश्व अनुगमन तथा चुहावट नियन्त्रण लगायतका बारेमा नगरपालिकाका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइएको थियो ।
यस्तै नगरपालिका भित्र राजस्वका स्रोत तथा स्थानीय तहको राजस्व अधिकार र परिचालनको व्यवस्थाका बारेमा पनि छलफल गरिएको थियो ।
स्थानीय तहले लिन पाउने करका दायराहरु सम्पति कर, मालपोत कर, ब्यावसायिक कर, घरवाहल कर, सिफारिस शुल्क, दर्ता नवीकरण शुल्क, घर नक्सा पास दस्तुर, विज्ञापन कर लगायतका बारेमा जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षकद्वय गोबिन्द अधिकारी र सोविता परियारले सहजीकरण गरेको कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, १५ वटै वडाका वडा अध्यक्ष, तथा सचिवहरु कोहलपुर उद्योग वाणिज्य संघका प्रतिनिधि नगरकार्यपालिका सदस्यहरु, नगरपालिकाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्