चट्याङ लागेर सुर्खेतमा २ बालकको मृत्यु



सुर्खेत,२८ जेठ/  चट्याङ लागेर चिङ्गाड गाउँपालिकामा स्कुले २ बालकको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

आइतबार दिउँसो करिब ११ बजे प्रावि धारापानीमा चट्याङ परेको थियो ।

त्यसबाट विद्यालयमा पढिरहेका ७ वर्षीय अम्मरबहादुर चन्द र निर्मला चन्दको मृत्यु भएको सुर्खेतका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए ।

उनीहरु २ कक्षामा अध्ययनरत थिए । घटनामा १ कक्षामा अध्ययनरत निर्मल चन्द, पबित्रा शाहीसहित पाँचजना घाइते भएका छन् ।

उनीहरुको स्थानीय मटेला स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २८ गते सोमबार