नेपालगन्ज,२७ जेठ/ स्वास्थ्य चौकीमा निःशुल्क प्रसुति सेवा नहुँदा समस्या भएको भन्दै सेवा सुचारु गर्न इन्द्रपुरका महिलाहरुले माग गरेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेको सहयोग तथा बास नेपालगञ्जको आयोजनामा आइतवार सम्पन्न इन्द्रपुर स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्यक्रमका सहभागि महिलाहरुले यस्तो गुनासो गरेका हुन ।
महिलाहरुले गरेको गुनासो जवाफ दिदै जानकी गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य राम किसन बडहिले स्वास्थ्य क्षेत्रमा देखिएका सबै खाले समस्या समाधान गर्न स्थानीय सरकार लागि पर्ने बताए । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रतिनिधि देविराम पौडेलले जिल्ला जनस्वास्थ्य कार्यालयको अधिकार स्थानीय तहमा गएकाले स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथामिक्तामा राख्नुपर्ने बताए ।
सामाजिक परिक्षणमा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा, सुविधाको समिक्षा गरि सुधारको लागि ६ बुँदे प्रतिबद्धताको घोषण गरिएको छ ।
व्यक्त गरिएका प्रतिबद्धताहरुमा बर्थिङ्ग सेन्टर निर्माण गर्ने, तिन वडा गाउँघर क्लिनिक तथा खोप केन्द्र निर्माण गर्ने, आमा सुरक्षा कार्याक्रम मोबाईल सेवा बापत प्रति स्वयंसेविकालाई मासकि रु २०० ब्यवस्था गर्ने माग गर्ने, स्वास्थ्य चौकिमा पावर ब्यापक, इन्टरनेट, कम्पुटर जडानको लागि गाउँपालिकामा माग गनर्,े स्वास्थ्य चौकि भवनको लागि जग्गा ब्यवस्थापन गर्ने लगाएत रहेका छन् ।
स्वास्थ्य संचालन तथा ब्यवस्थापन समितिका उपाध्यक्ष गिरवल कुर्मिको अध्यक्षतामा भएको सामाजिक परिक्षण बासका अध्यक्ष तथा सामाजिक परीक्षक मन भण्डारीले सहजिकरण गरेका थिए भने स्वास्थ्यचौकीका ईन्चार्ज गगन सिंह साउदले स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा, सुविधा बारे जानकारी गराउनुका साथै गत बर्षको कार्ययोजनामा व्यक्त गरिएका प्रतिबद्धता पूरा भए, नभएको बारेमा जानकारी गराएका थिए ।
यसै गरि आइतबारनै कचनापुर स्वास्थ्य चौकीको सामाजिक परीक्षण आठ बुदे प्रतिबद्धताको साथमा सम्पन्न भएको छ । परीक्षणमा ब्यक्त गरिएका प्रतिबद्धताहरुमा महिला स्वास्थ्य स्वयंसेविकाालाई आवश्यक सामाग्रिहरु खरिद गर्ने, प्रसुति कक्ष स्वास्थ्य चौकिलाई हस्तान्तरण गर्न पहल गर्ने, एम्बुलेन्स सेवालाई सुधार गर्ने, साविक वडा नम्बर २ मा गाउाघर क्लिनिक राख्न माग गर्ने, ६ वडा खोप केन्द्रमा गर्भवति महिलाहरुको तौल नाप्ने मेसिन राख्न उगाउँपालिका संग र ६ वडा बच्चाको तौल नाप्ने मसिनका लागि जिल्ला जनस्वास्थ्य कार्यालय संग माग गर्ने, फिल्ड कर्मचारीलाई झोला र टर्चको ब्यवस्था गर्ने, स्वयंमसेविकालाई परिचय पत्रको साथमा मासकि रु २००० प्रोतसाहन रकमको ब्यवस्था गर्न माग गर्ने लगाएत रहेका छन् ।
सामाजिक परीक्षक नमस्कार शाह र शम्भु शाहीले सहजिकरण गरेको कार्यक्रममा स्वास्थ्यचौकीकी निमित्त ईन्चार्ज बलमता खड्काले स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा, सुविधा बारे जानकारी गराएकी थिइन ।
स्वास्थ्य संचालन तथा ब्यवस्थापन समितिका उपाध्यक्ष डम्बर बहादुर डाँगिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला जन स्वास्थ्य कार्यालयका प्रतिनिधि बिन्देश्वर गौतम लागाएतले बोलेका थिए ।