सल्यान,२७ जेठ/ पश्चिम बन्गाड कुपिण्डे नगरपालिकाको बामे र निगाल्चुला जाने सडक वर्षाको कारण अवरुद्ध भएको छ ।
यही १८ गेत परेको पानीका कारण नगरपालिकाको वडा नं. २, ३, ४ र निगाल्चुलाको १२ नम्बर वडाका जनतालाई सडक अवरुद्ध हुँदा सास्ती भएको वडा नं. २ का अध्यक्ष प्रतिमल बुढाले जानकारी दिए ।
अध्यक्ष बुढाका अनुसार सडक अवरुद्ध हुदा दैनिकी उपभोग्य समान ओसारपसार लगायत यात्रुहरुलाइ आवत जावतमा समस्या हुँदा हिडेर जान बाध्य भएका छन् । अविरल वर्षाका कारण सडकमा खाल्डाखुल्डी पार्नुको साथै जताततै पानीले च्यातेका कारण जिप सन्चालन हुन सकेको छैन । उक्त सडकमा दुई वटा जिप सन्चालनमा आएका थिए ।
यस्तै वन्गाड कुपिण्डे नगरपालिका र सुर्खेतको सिम्ता गाउपालिकामा ४ दिन देखि नेपाल टेलिकमको स्काई र नमस्ते टेलिफोन सेवा समेत अवरुद्ध भएको छ । सो क्षेत्रमा टेलिफोन अवरुद्ध हँुदा त्यस क्षेत्रका नागरिक सञ्चारविहिन भएका छ्न ।
नेपाल टेलिकमको टावरमा समस्या आउँदा फोन सेवा अवरुद्ध भएको छ । लामो समयदेखि नेपाल टेलिकममा समस्या आउँदा कार्यालय समय १० देखि ४ को समयमा मात्र फोन सञ्चालनमा आउने र अन्य समयमा टावरले काम नगर्ने गरेको स्थानीयको गुनासो रहेको छ ।









प्रतिक्रिया दिनुहोस्