कोहलपुर,२६ जेठ/ प्रहरीले कोहलपुरको चप्परगौडीबाट ठूलो परिमाणमा खेसरीको दाल बरामद गरेको छ ।
५ नम्बर प्रदेश ब्यूरो प्रहरी टोली र कोहलपुर प्रहरीले चेकजाँचका क्रममा चप्परगौडीबाट २ सय १० क्विन्टल प्रतिबन्धित खेसरीको दाल र ट्रकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
बर्दियाको भुरीगाउँ १ बाट अब्दुल रहमानले ना ५ ख २१९६ नम्वरको ट्रकमा लोड गरेर जनकपुर लैजान लागेको उक्त दाल बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको दाल परिक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज ल्याइएको भट्टराईले बताउनुभयो ।
प्रकाशित मिति : २०७५ जेठ २६ गते शनिबार









प्रतिक्रिया दिनुहोस्