शिविरमा ७ सय बढिको दन्त परीक्षण



कोहलपुर,२४ जेठ/  बाँकेको राप्तीसोनारी–८ पेरानीमा एक दिने निःशुल्क दन्त शिविर सम्पन्न गरिएको छ । सो शिविर कोहलपुर डेन्टल हस्पिटलको आयोजनामा मंगलबार पेरानीस्थित शिव शक्ति माविको प्राङ्गणमा गरिएको थियो ।

सो शिविरबाट ७ सय ५० बढि स्थानीयले सेवा लिएका छन् । दाँत परीक्षण गरिएका ७ सय ५० जनामध्ये ४ सय ५० जनाको कसैको दाँत निकाल्नु पर्ने, कसैको भर्नुपर्ने र केहीको डेन्टल सर्जरी गर्नु पर्ने भएकाले कोहलपुर डेन्टल हस्पिटल रिफर गरिएको उपचारमा संलग्न डा.दिल बहादुर सत्याले जानकारी दिए ।

शिविरमा अधिकांश विरामीहरुको गिजा तथा दाँत सम्वन्धी समस्या देखिएको थियो । उक्त शिविरमा निःशुल्क तुथब्रस र मञ्जन वितरण गरिएको कोहलपुर डेन्टल हस्पिटलका निर्देशक गजेन्द्र बहादुर शाहीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २४ गते बिहीबार