मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ २३, २०७५
कोहलपुर,२३ जेठ/ बाँकेको राप्तीसोनारी–८ स्थित साना किसान सहकारी संस्था महादेवपुरीले मंगलबार देखि समुहका अगुवा शेयर सदस्यहरुका लागि वित्तिय साक्षरता शिक्षा सुरु गरेको छ ।
सहकारीका सदस्यहरुलाई बचत तथा ऋणबारे जानकारी दिने उद्देश्यले वित्तिय साक्षरता शिक्षा अभियान सुरु गरिएको सहकारीका मुख्य प्रबन्धक हरिश चन्द्र केसीले बताए । सो अभियान अन्र्तगत ३ सय ५० समुहका १÷१ जना अगुवा शेयर सदस्यहरु गरी दैनिक ५० जनाका दरले जानकारी दिने गरिएको सहकारीले जनाएको छ ।
अभियान अन्र्तगत प्रत्येक समुहका अध्यक्षहरुलाई समुहमा सही ढङ्गले ऋण परिचालन र बचत गर्न शिक्षा प्रदान गरिने बताइएको छ । सो अभियान ७ दिनसम्म चल्ने मुख्य प्रबन्धक के.सीले जानकारी दिए । सहकारीमा २ हजार ६४ शेयर सदस्य रहेका छन् ।