कुकुरको बन्ध्याकरण गर्दै उपमहानगर



दाङ,२२ जेठ/ तुलसीपुरमा कुकुरलाई बन्ध्याकरण गराउन थालिएको छ ।

तुलसीपुरमा भुस्याहा कुकुरहरुको संख्या अत्यधिक हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती हुनुका साथै बजार कुरुप बन्ने गरेको भन्दै कुकुरको संख्या बढ्न नदिन कुकुरलाई बन्ध्याकरण शुरु गरिएको तुलसीपुर उपमहानगरपालिका पशु शाखा प्रमुख सुदाम भट्टले जानकारी दिए ।

उनका अनुसार आईतबार देखि शुरु भएको कुकुरमा निःशुल्क पशु बन्ध्याकरण तीन दिनसम्म चल्ने छ ।

पहिलो दिन १५ वटा कुकुरलाई बन्ध्याकरण गरिएको उनले बताए । पहिलो दिन भुस्याहा कुकुर १० र घरपालुवा ५ गरी १५ वटा कुकुरलाई बन्ध्याकरण गरिएको उनको भनाई छ ।

शिविर सञ्चालन गरेर बन्ध्याकरण गर्न थालिएको भन्दै तीन दिनमा एक सय भन्दा बढि भुस्याहा कुकुरलाई बन्ध्याकरण गर्ने लक्ष्य रहेको उनले बताए । साथै कुकुरको टोकाईबाट लाग्ने रेबिज विरुद्धको सुई पनि लगाईने उनले बताए ।

तुलसीपुर उपमहानगरपालिका पशुसेवा शाखा तुलसीपुरको आयोजनामा पशुसेवा कार्यालय तुलसीपुरको भवनमा निःशुल्क बन्ध्याकरण शिविर भएको हो । शिविर बिहान साढे ६ बजे देखि साँझ ९ बजे सम्म चल्ने छ । शिविरको आईतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २२ गते मंगलबार