नेपालगन्जमा ‘प्रथम मेयर कप साईक्लिङ्ग’ प्रतियोगिता हुने



कोहलपुर,२२ जेठ/  आउँदो असार ९ गते नेपालगन्जमा ‘प्रथम मेयर कप साईक्लिङ्ग’ (साइक्लोथोन) प्रतियोगिताको कार्ययोजना सार्वजनिक गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको आयोजना र नेपालगन्ज साईक्लिङ्ग क्लवको समन्वयमा हुन लागेको प्रतियोगिताको सोमबार सरोकावालाहरुसँगको छलफलमा सो कार्ययोजना सार्वजनिक गरिएको हो । कार्यक्रम नेपालगन्ज उपमहानगरपलिकाका उपमेयर उमा थापा मगरले गर्नु भएको थियो ।

कार्यक्रममा साइकलले अधिकांश नेपालगन्जको जनतालाई जोड्ने भएकोले सबै खाले साइकिलेहरुले प्रतियोगितामा भाग लिन पाउने बताइएको छ । कार्यक्रम उपमेयर थापाले वातावरणमैत्री हुने पर्नेमा जोड दिदै सम्पूर्ण वडाबाट कम्तिमा ५ जना प्रतिस्पर्धी पठाउन वडा अध्यक्षहरुलाई आग्रह गर्नु भएको थियो ।

वडा अध्यक्षहरुले पनि आफ्नो वडाबाट अधिक प्रतिस्पर्धी सहभागी गराउने प्रतिवद्घता गरेका थिए । कार्यक्रममा नेपालगन्ज साईक्लिङ्ग क्लबका अध्यक्ष केशर बहादुर आलेले साइकल प्रतियोगिता सञ्चालन गर्नुका उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो ।

साईकलका माध्यमबाट स्वास्थ्यमा हुने फाइदाका बारेमा सामाजिक जागरण फैलाउने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको उहाँले बताउनु भयो ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २२ गते मंगलबार