3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

प्रदेशस्तरीय दशौं रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ १९, २०७५  

नेपालगन्ज,१९ जेठ/  प्रदेश नम्बर ५ स्तरीय दशौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शनिवारदेखि नेपालगन्जमा सुरु भएको छ । पतियोगिताको प्रदेश सरकारकी कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाटन गरिन् ।

प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री पौडेलले पहिलो पटक आयोजना गरिएको प्रदेशस्तरीय प्रतियोगिताले सबै जिल्लाका नागरिकहरुलाई भावनात्मक रुपमा जोड्ने काम गरेको बताइन् ।

प्रदेश सांसद कृष्णा केसी नमुनाले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारसँग आफूले कुरा राख्ने बताइन् ।

शनिबारबाट सुरु भएको प्रतियोगितामा बाँके, बर्दिया, दाङ्ग, प्यूठान, रोल्पा, गुल्मी, अर्घाखांची, पाल्पा, रुपन्देही, पश्चिम नवलपरासी, पुर्वी रुकुम जिल्लाबाट ७२ खेलाडी, ६ प्रशिक्षक, एक टोली नेता सहित ९ सय ४८ खेलाडी सहभागी रहेको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले बताए । उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रदेशस्तरीय खेलले प्रवद्र्धन गर्ने पनि बताए ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १९, २०७५     10:15:14 PM  |