10 September 2024  |   मङ्लबार, भदौ २५, २०८१

कुखुरापालन व्यवस्थापन तालिम सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ १८, २०७५  

नेपालगन्ज,१८ जेठ/  बाँकेका कुखुरा पालक व्यवसायी किसानलाई कुखुरा पालन तथा व्यवस्थापन सम्बन्धित आधारभुत ज्ञान एवं प्रविधि बारेमा तालिम सम्पन्न गरिएको छ ।

कुखुरापालकहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहे पनि आधारभुत ज्ञान र प्रविधीका विषयमा तालिम र अभिमुखीकरण नभइरहेको अवस्थामा नेपाल वेलहोप एग्रीटेक प्रालि, विजय पेलेट दाना, कुखुरा व्यवसायी सघं बाँकेको सहकार्यमा तालिम दिएको हो ।

शुक्रवार भएको एक दिने तालिममा जिल्लाका २ सय बढि व्यवसायिक किसानहरुको सहभागिता रहेको थियो । सो तालिम निजि क्षेत्रबाट हालसम्मकै बृहत तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

कुखुराको उचित व्यवस्थापन गर्न नसक्दा लाखाँैको नोक्सानी वेहोर्नु परेको गुनासो आईरहेका बेला प्रदान गरिएको तालिमले किसानलाई ठुलो लाभ मिलेको कुखुरा व्यवसायी सघंका सचिव इश्वर सुवेदिले बताए ।

कुखुरा व्यवसायी संघ बाँकेका अध्यक्ष लालबहादुर खत्रिले निजी क्षेत्रबाट जिल्लाभरीका कुखुरापालक किसानहरु लाभान्वित हुनेगरि आयोजित तालिमले व्यवसायिक प्रगति गर्न सघाउने विश्वास व्यक्त गरे ।

तालिममा कुखुराको खोर निर्माण, तापक्रम व्यवस्थापन, भ्याक्सिनको सहि प्रयोग, खुवाउनु पर्ने दानाको मात्रा, रोग र उपचार लगायतका विषयमा अवगत गराईएको आयोजक नेपाल वेलहोप एग्रीटेक प्रालि, विजय पेलेट दानाका सेल्स म्यानेजर रामचन्द्र रिजालले जानकारी दिए ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १८, २०७५     8:55:32 PM  |