जिल्ला स्तरीय शिक्षक नायक गोष्ठी



खजुरा (बाँके),१८ जेठ/  नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजना तथा जुनियर रेडक्रस सर्कल जेनिथ इङ्गलिस सेकेण्डरी बोडिङ्ग स्कुल खजुराको आतिथ्यमा जिल्ला स्तरीय प्रधानाध्यापक तथा शिक्षक नायक गोष्ठी खजुरामा शुक्रवार सम्पन्न भएको छ ।

रेडक्रसद्वारा सामुदायिक र संस्थागत विद्यालयहरुमा गठन रहेको जुनियर रेडक्रस सर्कलका प्रधानाध्याक र शिक्षक नायकहरुको सहभागितामा रहेक वर्ष उक्त गोष्ठी आयोजना हुने गरेको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै खजुरा गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि किस्मत कुमार कक्षपतिले रेडक्रसको मानवीय सेवा कार्यमा हाम्रो सहकार्य निरन्तर हुँदै आएको बताउदै यस खजुरा क्षेत्रमा विपद् व्यवस्थापनका साथै अब क्यान्सर अस्पतालमा रेडक्रसबाट रक्तसंचार सेवा संचालन हुने गृहकार्य भइरहेको बताए ।

नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्धन सिंह सम्झनाले प्रअ र शिक्षक नायकहरु रेडक्रसको जीवन रेखा हुन भन्ने कुराको चर्चा गर्दै आगामी दिनमा जुनियर गतिविधि अझै व्यापक बनाउनु पर्ने आवश्यकता औल्याए ।

जनता नमुना माविका प्रअ एवं जुरेस संरक्षक शशिराम कार्कीले जुनियर सर्कलका सबै गतिविधिहरु प्रअहरुमा निर्भर हुने भएकोले विद्यालयको योजना निर्माण गर्दा जुरेस गतिविधिहरुलाई समावेश गर्न आग्रह गरे ।

बन्द सत्रमा जुनियर तथा युवा रेडक्रस नीति र कार्यप्रणाली निर्देशिका २०७३ र रेडक्रस अभियानको बारेमा अभिमुखीकरण गरिएको थियो ।

साथै गोष्ठीले आगामी दिनमा हरेक जुरेसमा रेडक्रस अभियानको अभिमुखीकरण संचालन, सदस्यता विस्तार, अवद्धता र प्राथमिक उपचारको प्रशिक्षण संचालनका लागि सिफारिस गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ १८ गते शुक्रबार