नेपालगन्ज,११ जेठ/ बाल क्लव तथा पदाधिकारीहरुका लागि क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिमको शुक्रबार समापन भएको छ ।
विद्यालय स्तरीय वालक्लव गठन पछि वालक्लवको व्यवस्थापन तथा नेतृत्व विकासका लागि तालिमको आयोजना गरीएको जिल्ला बालक्लव संजाल बाँके सदस्य पुजा वर्माले बताउनु भयो ।
सदस्य वर्माका अनुसार पुरैनी आधारभुत विद्यालय पुरैनीमा नदिम इद्रीसी र नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किंघरीयनपुरुवामा वेलदार किंघरीया को अध्यक्षतामा एघार सदस्यीय विद्यालय स्तरीय बाल क्लव गठन गरी उनीहरुलाई तालिमको दिएको थियो ।
नेपालगंज उपमहानगरपालिका २२ न वडा समितिको कार्यालय पुरैनीको सहयोग र जिल्ला वाल क्लव संजाल बाकेको आयोजनामा उक्त तालिमको अयोजना गरीएको थियो ।
जिल्ला वाल क्लव संजाल बाके अध्यक्ष अञ्जना चर्तुवेदीको अध्यक्षमा सम्पन्न कार्यक्रममा नेपालगंज उपमहानगरपालिका २२ का वडा अध्यक्ष विद्याराम वर्मा प्रमुख अतिथि रहेको थियो ।
बालअधिकार स्रोत व्यक्ति बाके नेपालगंजका भिम अवस्थीले तिन दिन सम्म प्रशिक्षण गर्नु भएको सो तालिमको समापन कार्यक्रमको संचालन जिल्ला बालक्लव संजाल बाके सदस्य पुजा वर्माले गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालय स्तरमा गठन भएका वालक्लवहरुलाई स्टेशनरी तथा खेलकुदका सामाग्री प्रदान गरीएको वडा अध्यक्ष वर्माले जनाकारी दिनु भयो ।









प्रतिक्रिया दिनुहोस्