सुर्खेत,१० जेठ/ सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग (केपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा चार टिम पुगेका छन् ।
समूह ‘ए’बाट रुपन्देही–११ विजेता र त्रिभुवन आर्मी क्लब समूह उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका हुन् ।
यस्तै समूह ‘बि’बाट धनगढी क्रिकेट एकेडेमी विजेता र मध्यपश्चिम क्रिकेट क्लब उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका छन् ।
रुपन्देही, धनगढी र मध्यपश्चिम यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका थिए भने त्रिभुवन आर्मी क्लबले आज भेरीगंगा क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
वीरेन्द्रनगरस्थित रंगशालामा सञ्चालन भइरहेको कर्णाली प्रिमियर लिग(केपीएल)को सेमिफाइनलमा भोली एमुह ‘ए’ को विजेता रुपन्देही–११ र समूह ‘बी’ को उपविजेता मध्यपश्चिम क्रिकेट क्लब तथा समूह ‘बी’को विजेता धनगढी क्रिकेट क्ल्ब र समूह ‘ए’को उपविजेता त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
दुवै खेलका विजेता फाइनल प्रवेश गर्ने छन् । बन्धुविकास बहुउद्देश्यी सहकारी संस्थाको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले ३ लाख नगद र उपविजेताले एक लाख ५० हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन्








प्रतिक्रिया दिनुहोस्