कोहलपुर,९ जेठ/ आर्थिक वर्ष २०७४÷०७५ मा कोहलपुर नगरपालिकाभित्र सञ्चालित अधिकांश योजनाहरुको अनुगमन अनुगमन गरिएको छ । मंगलबार कोहलपुर नगरपालिकाकी उपप्रमुख एवं नगरस्तरीय योजना अनुगमन समिति संयोजक सन्जु कुमारी चौधरीको नेतृत्वको अनुगमन समितिले नगरका विभिन्न वडाका योजनाहरुको अनुगमन गरेको हो ।
अनुगमनको क्रममा कोहलपुर वडा नं. १२ को निवुवाचोक खड्कवार हुँदै घुईयावारी सम्मको ४ सय ३२ मिटर लम्बाईको पक्की सडकको अनुगमन गरिएको हो । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको उक्त सडक पक्की भए पनि काम सन्तोषजनक नभएको अनुगमन टोलिले जनाएको छ । सडक पिच भए पनि एकाएक पिच उम्कना थाले पछि स्थानीयले विरोध जनाएका छन् ।
‘सडक पक्कि बनाउँदा ध्यान दिनुपर्ने कुरामा ध्यान नदिएको अवस्था छ’ स्थानीय एक शेर बहादुर खड्काले भने ‘पक्कि सडक हो वा कच्चि सडकको कसरी छुट्याउने ।’सडक पक्की जस्तो नभएकाले भुक्तानी दिनका लागि कोहलपुर नगर कार्यसमितिको वोर्डले निर्णय गर्नुपर्ने कोहलपुर नगरपालिकाकी उपमेयर थारुले बताइन् ।
मापदण्ड अनुसार पिच नभएको अनुगमनका क्रममा भेटिएकाले भुक्तानी दिन सक्ने अवस्था नरहेको बताइन् ।त्यस्तै कोहलपुर नगरपालिका वडा नं.२ को ३ सय ६० मिटर लम्बाई, ५ मिटर चौडाई र रु. ३४ लाख लागतमा सम्पन्न भएको पक्की सडकको अनुगमन गरिएको छ ।
त्यस्तै कोहलपुर नगरपालिका वडा नं. ५ को २ सय ८० मिटर लम्बाई, ५ मिटर चौडाई र रु. २८ लाख लागतमा सम्पन्न भएको पक्की सडकको अनुगमन गरिएको छ । यी दुवै सडकमा मापदण्ड अनुसार नै काम भएको भन्दै तत्काल भुक्तानी दिन सकिने संयोजक थारुले बताइन् ।
त्यस्तै कोहलपुर नगरपालिका वडा नं. ७ को ७ सय २० मिटर लम्बाई ,४.५ मिटर चौडाई र रु. ५९ लाख लागतमा सम्पन्न भईरहेको सडकको अनुगमन गरिएको छ । हालसम्म ८० प्रतिशत काम सकिएको र बाँकी काम समयमै सक्नुपर्ने भन्दै मापदण्ड अनुसार नै निर्माण गर्न सुझाव पनि दिइएको छ ।
कोहलपुर–१२ स्थित सिर्जना सामुदायिक वनमा रहेको भ्यू टावरमा निर्माण गर्न लागिएको पौडी पोखरीको पनि अनुगमन गरिएको छ । ९६ फिट लम्बाई, ४२ फिट चौडाई र ६ फिट गराईमा रहेको उक्त पोखरीका लागि यो वर्ष २४ लाख बजेट छुट्याईएको र काम सन्तोषजनक रहेको अनगुमनका क्रममा भेटिएको पाइएको छ । पौडीलाई व्यवस्थित बनाउनका लागि थप बजेटको आवश्यकता रहेको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्