सुर्खेत,६ जेठ/ नेपाल चेम्बर अफ कमर्सले कर्णालीको सुर्खेतमा प्रदेश कार्यालय विस्तार गरेको छ ।
कर्णाली प्रदेश च्याम्बर अफ कमर्सको सुर्खेतमा प्रदेश कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई देशकै मजबुत शान्तिसुरक्षा भएको प्रदेशको रुपमा विकास गरिने योजना सुनाए । यसैले निजी क्षेत्रलाई लगानीको सुरक्षाबारे चिन्ता नगर्न उनले आग्रह गरे ।
मुख्यमन्त्री शाहीले कृषि, जलविद्युत, पर्यटन र जडिबुटी यस प्रदेशका चार प्रमुख खम्बा रहेको पनि बताए । यसका लागि सरकार, नीजि क्षेत्र र आम जनसमुदाय एक भएर कर्णालीको समृद्धि हासिल गर्न हातेमालो गर्दै अघि बढ्नु आजको आवश्यकता रहेको उनको भनाइ छ ।
चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले ५७ वटा देशका च्याम्बर अफ कमर्सलाई नेपाल च्याम्बर अफ कमर्ससँगको औपचारिक सम्बन्धको आधारमा कर्णाली प्रदेशमा लगानीको लागि सिधै आमन्त्रण गर्न सकिने बताए ।