ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान सुरु



नेपालगन्ज,४ जेठ/  ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान आज (शुक्रबार) देखि सुरु भएको छ । रमजानको बाँकेका करिव डेढ सय मस्जिदमा रमजानको तयारी गरिएको छ ।

पाकिस्तानलगायत अरबी मुलुकमा बिहीबारदेखि नै रोजा सुरु गरिए पनि नेपाली मुस्लिमहरुले भने आजबाट मात्र रोजा सुरु गरेका हुन् । र्ईस्लामिक पात्रो (हिजरी)को अनुसार रमजान नवौं महिना हो ।

रमजानमा मुस्लिम समुदायले बिहीबार साँझ चन्द्रमा हेरेर शुक्रबार बिहानदेखि एक महिनासम्म अनिवार्य रुपले ‘रोजा’ अर्थात व्रत बसेर पवित्र धार्मिक ग्रन्थ कुरानको पाठ गर्ने चलन छ ।

बिहानको खाना ‘सेरी’ खाएपछि दिनभर निराहर व्रत बस्ने चलनलाई रोजा बस्ने भन्ने गरिन्छ । रोजा साँझ निश्चित समय पुरा भएपछि तोडिने गरिन्छ जसलाई ‘रोजाअफ्तार’ भनिन्छ ।

रमजान महिनामा बालबालिका, बृद्ध, सुत्केरी र विरामीलाई रोजा अनिवार्य छैन । अन्य हरेक मुस्लिम समुदायका सदस्यहरुले रोजा बस्नै पर्ने प्रचलन रहेको मदरसा दारुलउलुम बरकातिया माविका प्रधानाध्यापक तथा धर्मगुरु मौलान जियाऊ मुस्तफा नूरानीले जानकारी दिए ।

साझँ सुर्य अस्ताएपछि सो ब्रत तोड्ने अर्थात इफ्तयार गर्ने र रामदानका अबसरका नमाज पढनुका साथै गरिव गुरुवालाई आफ्नो सम्पत्तिको केही हिस्सा दान गर्ने भएकोले पनि रमदानको महिनालाई दान धर्मको महिनाको रुपमा पनि मुस्लिम समुदायले लिने गरेको मौलाना जियाउल मुस्तफा नूरानीले जानकारी दिए ।
एक महिनासम्म रोजा बसेर महिनाको अन्तिम दिनको अघिल्लो दिन चन्द्रमा हेरेर स्थानीय ईदगाहमा पुगेर सामुहिक नमाज पढेर ईद मनाउने चलन रहेको छ । रमजान पर्वको अवधिभर मुस्लिम समुदायमा झुटो नबोल्ने, झै झगडा नगर्ने, दानधर्म गर्ने विश्वास रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ४ गते शुक्रबार