डुडुवाले दिने घरदैलौमै स्वास्थ्य सेवा



डुडुवा (बाँके),३ जेठ/  बाँकेको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले जनताको घरदैलौमै स्वास्थ्य सेवा उपलब्ध गर्न गाउँपालिका लागि परेको बताएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको सहयोग तथा बास नेपालगञ्जको आयोजनामा बुधबार सम्पन्न कम्दी स्वास्थ्य चौकी बाँकेको सामाजिक परीक्षण कार्यक्रममा बोल्दै चौधरीले यस्तो बताएका हुन् ।

नागरिकहरुको स्वास्थ्य अवस्थामा सुधार ल्याउन स्वास्थ्य संस्थाहरुको आवश्यक्ता रहेको भन्दै चौधरीले स्वास्थ्य युनिट नभएका सबै वडाहरुमा स्वास्थ्य युनिट स्थापना गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

सामाजिक परिक्षणमा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा, सुविधाको समिक्षा गरि सुधारको लागि दुई बुँदे प्रतिबद्धताको घोषण गरिएको छ ।

व्यक्त गरिएका प्रतिबद्धताहरुमा निर्माणाधिन गाउँघर क्लिनिक पुरा गर्ने र थप दुइ वटा गाउँघर क्लिनिक निर्माणको लागि गाउँपालिका संग माग गर्ने, स्वास्थ्य चौकिमा ल्याप संचालनका लागि पहल गर्ने रहेका छन् ।

स्वास्थ्य संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष तथा डुडुवा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्षबासका अध्यक्ष प्रशुराम बुढाथोकीको अध्यक्षतामा भएको सामाजिक परिक्षण बासका अध्यक्ष सामाजिक परीक्षक मन भण्डारीले सहजिकरण गरेका थिए ।

स्वास्थ्यचौकीका निमित्त ईन्चार्ज चेवन पौडेलले स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा, सुविधा बारे जानकारी गराउनुका साथै गत बर्ष व्यक्त गरिएका प्रतिबद्धता पूरा भए, नभएको बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २०७५ जेठ ३ गते बिहीबार