सल्यानमा बस दुर्घटना, ४० जना घाईते



सल्यान,२ जेठ/  सल्यानमा बस दुर्घटना हुदाँ ४० जना घाईते भएका छन् । घाईते मध्ये २ जनाको अबस्था गम्भिर रहेको छ । जिल्लाको शारदा नगरपालिका १ सितलपाटी, पटनेरी स्थीत पिपलचौतारा नजिक आज बुधबार बिहान पौने ११ बजे तीर बस दुर्घटना भएको हो ।

सल्यानको खलंगाबाट श्रीनगर तर्फ जाँदै गरेको ना ६ ख २५०५ नम्बरको बस र श्रीनगर देखी खलंगा तर्फ आउदैँ गरेको ना ५ ख ७७५० नम्बरको बस ढोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटना परी कुमाख गाउपालिका ३ का १२ बर्षिय राजन थापा र शारदा नगरपालिका १ श्रीनगरका २१ बर्षिय हरी रोका गम्भिर घाईते भएका छन् । उनीहरुलाई श्रीनगरमा सामान्य उपचार पछि थप उपचारको लागी कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

अहिले कान्तीपुर सामुदायिक अस्पतालमा र अधिकारी बन्धु पोलिक्लिनिकमा गरेर ३८ जनाको उपचार भैरहेको छ ।

सामान्य घाईते हुनेमा सिन्बाङ की ४० बर्षिय भूमिसरा खड्का, सिद्ध कुमाख गाउपालिका २ की ४० बर्षिय बुद्धि बिक, शारदा नगरपालिका १३ का २६ बर्षिय गणेश बिक, शारदा नगरपालिका १३ कै २६ बर्षिया गंगा बिक, बागचौर नगरपालिका ५ की २७ बर्षिय पबित्रा वली, शारदा नगरपालिका ३ की ३७ बर्षिय सिता केसी लगाएतका रहेका छन् ।

आज दुर्घटना भएका दुबै बसहरु सल्यान रुकुम यातायात ब्यबसायी समितीका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २ गते बुधबार