विमान दुर्घटनामा दुई पाइलटको मृत्यु



गोविन्द देवकोटा : सुर्खेत,२ जेठ/  बुधबार बिहान हुम्लाका लागि उडेको मकालु एयरको विमान हुम्लाको खार्पूनाथ गाउँपालिका २ को राया र थाली भन्ने ठाउँको बीचमा रहेको लामा डाँडामाथिको बाहु्न खर्कमा दुर्घटनाग्रस्त भएको छ ।

बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको जहाज बाजुराको क्षेत्रबाट सम्पर्क बिहीन भएको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीएसपी बीरबहादुर वलीका अनुसार विमान १० बजेर २५ मिनेटमा बाहुन खर्कमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी विमानमा सवार दुवै चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार पाइलट किरण भट्टराई र आदित्य नेपाली दुवैको घटनास्थलमै शव फेला परेको छ ।

मकालु र माउन्टेन एयरको दुईवटा हेलिकोप्टरको खोजीका क्रममा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २ गते बुधबार